arrow

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण

थप दुई चिकित्सक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
cib-final.jpeg

काठमाडौं ।  नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना  पक्राउ परेका छन् ।

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । 

बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ