arrow

नेदरल्याण्ड्सलाई हराउँदै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
worldcup-football-women-spain-2023.jpg

काठमाडौँ । स्पेन पहिलो पटक विश्वकप महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी विश्वकपको क्वर्टरफाइनलमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलना प्रवेश गरेको हो ।

शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा स्पेन २–१ गोल अन्तरले विजयी भएको हो । 

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । स्पेनकी साल्मा पारेलुले १११ औँ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो ।

अघिल्लो संस्करणको उपविजेता नेदरल्याण्ड्स भने क्वार्टरफाइनलबाटै बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ