arrow

अस्थिरतातर्फ धकेल्ने योजना

संसद बन्धक, सरकार गैरजिम्मेवार 

राष्ट्रपति गुहार्दै सभामुख र राष्ट्रिय सभा अध्यक्ष, एमालेले बनायो अनिर्णयको बन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
ramchandra-devraj-ganeshprasad.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति रामचन्द्र पौडेलको सहयोग माग्न गएका छन् । 

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध भएसँगै अस्तव्यस्त बनेको संसदको वातावरण सहज बनाउन आग्रह गर्दैै उनीहरु शुक्रबार संयुक्त रुपमा राष्ट्रपति पौडेललाई भेट्न गएका हुन् । 

उनीहरुले भेटमा राष्ट्रको अभिभावककै हैसियतमा पहल आवश्यक पहल गरिदिन अनुरोधसमेत गरेका छन् ।

क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि बैठक चल्न दिएको छैन । 

सभामुख घिमिरेले पटक पटक शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेर समाधानको बाटो खोज्ने अधिकतम प्रयास गरे पनि सफल भएका छैनन् । 

तिमिल्सिनाले सांसदहरुलाई सम्झाउँदै सरकारले गर्ने प्रयासलाई दबाब दिँदै संसदमा गर्नुपर्ने आफ्नो कर्तव्य पनि नभुल्न आग्रह गर्दै आएका छन् । 

तर दुर्भाग्य राष्ट्रपतिलाई भेटेर आएपछि नै बसेको राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुवै बैठक स्थगित गरी पछाडि धकेलिएको छ । 

जनताका मुद्दा निकै नै भए पनि त्यसलाई बेवास्ता गर्दै एमाले  निरन्तर एउटै रटानमा रहेको छ । सरकारले भने यसलाई बेवास्ता गर्दै आइरहेको छ ।

सुन प्रकरणमा सत्ताधारी दल माओवादी केन्द्रकै ठूला नेताहरु सहभागी भएको हुनसक्ने आशंका बढिरहेका बेलामा सरकारले उच्चस्तरीय समिति गठन गर्न अस्वीकार गरेको हो । 

सुन प्रकरणमै बोलेको भन्दै नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्रका नाममा पक्राउ गरिएको भनिए पनि अहिले आएर पक्राउ गरिनुले सरकार सुनको मुद्दा दबाउन खोजिरहेको त छैन भन्ने शंका बढेको छ । 

संसद अवरोध हुँदासमेत सरकार भने गैरजिम्मेवार रुपले प्रस्तुत भइरहेको छ । कुनै समाधानको बाटो निकाल्न खोजिरहेको छैन । 

नेपालमा हजाराैँ किलो अवैध सुन भित्रिरहेको स्पष्टै छ । यो श्रृंखला वर्षौँदेखि चलिरहेको बताइरहँदा यसलाई रोक्नुभन्दा सामसुम पार्ने योजना चलिरहँदा थप सशंकित हुनुपर्ने अवस्था आइपरेको छ । 

नेपाली राजनीति कतै अस्थिरतातर्फ धकेल्ने योजना त बनिरहेको छैन ? भन्ने प्रश्न उब्जिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ