arrow

भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन हुनुपर्छ : भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
baburam-bhattarai-new-2079.jpg
तस्बिर-फाइल

बुटवल । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन् । 

उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए । 

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताए । 

उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताए । 

संसद्मा प्रमुख विपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताए ।

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उहाँले आफू सहयोग गर्न तयार रहेको बताए । 

“मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन”, भट्टराईले भने, “म बयान दिन म तयार छु ।” 

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताए । 

मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औँल्याउँदै उनले सोहीअनुसार नेसपा अघि बढेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ