arrow

आयल निगमका गण्डकी प्रमुखविरूद्ध पक्राउ पुर्जी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
petroleum.jpg.jpeg
तस्बिर – सांकेतिक ।

काठमाडौँ । नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । इन्धन चोरी गरेको फेला परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

आज प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको फेला परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

दासले शुक्रबार दिउँसो पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग २ ख ८३६ नम्बरको ट्यांकरमा डिजेल चोरी गरी बिक्रीका लागि पठाएको सूचनाका आधारमा प्रहरीले पक्राउ पुर्जी गरेको थियो । 

डाँडाकोनाक प्रहरीचौकीमा नापजाँचका क्रममा १२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा १५ हजार लिटर डिजल लोड गरिएको फेला परेको प्रहरीले जनाएको छ । 

दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो वर्षभन्दा दोब्बर नोक्सानी व्यहोरेको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ