arrow

सर्वसाधारणको विश्वास जित्दै हेटौँडा अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
Hetauda Hospital.jpg
तस्बिर-फाइल

हेटौँडा । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले बिरामीको विश्वास जित्दै आएको छ । 

आव २०७९/८० मा अस्पतालबाट दुई लाख छ हजार छ सय ३३ बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ६२ हजार नौ सय २६ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएको अस्पतालका सूचना अधिकारी राजीव झाले बताए । 

आव २०७८/७९ मा हेटौँडा अस्पतालमा एक लाख ४४ हजार चार सय ५४ जनाले बहिरङ्ग (ओपिडी) सेवा र ५२ हजार तीन सय ५७ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएका थिए । यो हिसाबमा आव २०७८/७९ मा भन्दा गत वर्ष २०७९/८० मा सेवाग्राहीको चाप उल्लेख्य रहेको छ । 

अस्पतालमा साधारण सुत्केरी हुनेको सङ्ख्या दुई हजार आठ सय सात रहेको छ भने अस्पतालमा ठूलो अपरेसन एक हजार आठ सय ६८ र सामान्य अपरेसन आठ सय ५९ भएको झाले बताए । 

अस्पतालमा दश हजार एक सय ८३ बिरामी भर्ना भएर उपचार गरेको र उपचारका क्रममा ४६ जनाले ज्यान गुमाएको झाले बताए । 

अस्पतालबाट गत वर्ष पाँच हजार छ सय ६४ दाँतका बिरामीको उपचार भएको र आठ हजार तीन सय ४२ छाला रोगका बिरामीले सेवा लिएका छन् । 

यस्तै नौ हजार आठ सय जना नाक, कान, घाँटीसम्बन्धी बिरामीले सेवा लिएको झाले बताए । 

अस्पतालमा १८ हजार सात सय एकले स्त्रीरोगसम्बन्धी सेवा लिएका छन् भने तीन सय ९८ मानसिक रोगीले सेवा लिएका छन् । 

अस्पतालबाट २१ हजार नौ सय ३३ हाडजोर्नीका बिरामीले सेवा लिएका छन् भने १६ हजार एक सय ११ बालरोगको सेवा लिएको अस्पतालले जनाएको छ । 

अस्पतालमा दैनिक दुई हजार विभिन्न ल्याब परीक्षण हुने गरेको छ भने मिर्गौलासम्बन्धी दुई हजार एक सय ७८ जनाले सेवा लिन सफल भएका छन् । 
 
पछिल्लो वर्ष सेवाग्राही बढ्नुमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू हुनु, अस्पतालभित्रै फार्मेसी सेवा विस्तार हुनु र हेटौँडा अस्पतालप्रति जनविश्वास बढ्नु मुख्य कारण भएको अस्पतालका निमित्त प्रमुख डा रामचन्द्र सापकोटाले बताए । 

हेटौँडा अस्पतालले टिकट र उपचारपछि औषधि लिन टोकन प्रणाली लागू गर्नु, विशेषज्ञ चिकित्सकको उपलब्धता रहनु, नयाँ उपकरण र सेवा विस्तार हुनुले पनि सेवाग्राही बढेको उनको भनाइ छ ।

एक सय २५ श्ययाको हेटौँडा अस्पतालमा अहिले महिला तथा प्रसूति, शल्यक्रिया, जनरल मेडिसिन, हाडजोर्नी, दाँत, नाक-कान-घाँटीलगायतका सेवा उपलब्ध छन् । 

प्रयोगशालासहित भिडियो एक्सरे, फार्मेसी सेवा समेत भएका कारण मकवानपुरका मात्रै नभई मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाका बिरामी पनि उपचारका लागि हेटौँडा अस्पताल आउने गरेका छन् । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ