arrow

स्वीडेन विश्वकप फुटबलको सेमिफाइनलमा, जापान पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
worldcup-football-women-sweden-2023.jpeg

काठमाडौँ । स्वीडेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको क्वार्टरफाइनलमा जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा पुगेको हो । 

खेल स्वीडेनले २–१ ले जित्यो । उपाधि दावेदार मानिएको जापान खेल अवधिभर निकै नै दबाबमा रह्यो । स्वीडेनका लागि ए लेस्टि र एफ एन्जलले समान १–१ गोल गरिन् । 

जापानका लागि एह्यांसीले ८७ औँ मिनेटमा सान्त्वना गोल गरेकी थिइन् । 

यसअघि स्पेन सेमिफाइनलमा पुगेको थियो । आजै भएको पहिलो क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ