arrow

घरघरमा स्वास्थ्यकर्मी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
bhimsen thapa gaupalika.jpg
तस्बिर-फाइल

गोरखा । गोरखाको भीमेसन थापा गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएर पालिकाभित्रका १२ हजारभन्दा बढीलाई निःशुल्क उपचार गरेको छ ।

पालिकाभित्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

गत आवमा तोकिएका १२ हजार सात सय ३२ जनालाई घरघरमा पुगेर निःशुल्क उपचार गरिएको उनले बताए ।

गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत तोकिएका लक्षित वर्गका व्यक्तिको घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसर जाँचलगायत आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्दै आएको शाखा प्रमुख खनालको भनाइ थियो ।

गाउँपालिकाले घरघरमै स्वास्थ्यकर्मी पठाएर उपचार गरेपछि ज्येष्ठ नागरिक पनि खुसी भएका छन् ।

“बुढेसकालमा पिरबेथा लागि रहन्छ, वडा नं ७ का ७७ वर्षीय मङ्गलबहादुर नेपालीले भने, “अहिले स्वास्थ्यकर्मीले आफ्नै घरमा आए चाँज गरेकाले आफैँ सकी नसकी अस्पताल धाउनुपरेको छैन ।”

यस कार्यले स्थानीय सरकार नै हाम्रा लागि रहेछ भन्ने अनुभूति भएको उनले बताए ।

अर्का ७५ वर्षकी दुर्गाकुमारी श्रेष्ठको उस्तै भनाइ थियो ।

“सुगुर, प्रसेर, दम र नसा रोगले सताएकाले भनेको बेला अस्पताल जानसक्ने अवस्था नै थिएन”, उनले भनिन्, “हामीजस्ता उमेर पुगेका बूढाबूढीको उपचारलाई ध्यानमा राखेर गाउँपालिकाले घरघरमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर जाँच गर्ने व्यवस्था मिलाएपछि साह्रै सजिलो भएको छ ।”

प्रत्येक महिना घरघरमा स्वास्थ्यकर्मीको टोली आएर जाँच गरी अमिलो चिल्लो पिरो नखान सल्लाह दिँदै आफूसँग भएको औषधि दिएर जाने गरेको अर्का ज्येष्ठ नागरिक हीरा श्रेष्ठले बताइन् ।

उनले स्वास्थ्यकर्मी आएर के कस्तो छ ? सञ्चो भएन कि ? भन्दै केही भए फलानु नम्बरमा सम्पर्क गर्नु है भनेर जाँदा स्थानीय सरकार बूढेसकालको सहाराजस्तै भएको अनुभूति भएको बताइन् ।

चालु आव सुरु भएसँगै पुनः साउन १६ गतेदेखि २२ गतेसम्म गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख भुसालले जानकारी दिए ।

“यसै वर्षको साउन महिनामा मात्र पालिकाबाट एक हजार एक सय ७१ जनाको निःशुल्क जाँच तथा उपचार गरिसकिएको छ”, उनले भने, “उपचार गराएकामध्ये छ सय ८९ महिला र चार सय ८२ जना पुरुष रहेका छन् ।” -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ