arrow

अष्ट्रेलिया विश्वकप फुटबलको सेमिफाइनलमा, फ्रान्स सडन डेथमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
worldcup-football-women-australia-2023-08-12.jpg

काठमाडौँ । अष्ट्रेलिया महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वार्टरफाइनलमा फ्रान्सलाई सडन डेथमा पराजित गर्दै आयोजक अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो । 

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

पेनाल्टीमा ४–४ को बराबरी भएपछि सडन डेथमा खेल धकेलियो । सडन डेथ पनि निकै रोमाञ्चक हुँदा अन्ततः अष्ट्रेलिया ७–६ ले विजयी भयो । 

दुवैतर्फ १० जनाले पेनाल्टी प्रहार गरेका थिए । अर्को आयोजक न्यूजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको थियो । 

३२ टिमले सहभागीता जनाएको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा इङ्गल्याण्ड र कोलम्बिया खेल्दैछन् । यो खेलको विजेताले फाइनलमा प्रवेशका लागि अष्ट्रेलियासँग खेल्नेछ । 

पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन अगस्त १५ तारिखमा भिड्ने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ