arrow

केपी ओलीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
uml-press-meet-2080-04-28.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको माग गरेका छन् । 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उनले  प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोर्याए । 

जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्न अप्ठयारो लाग्नुपर्ने होइन ? ओलीको सञ्चारकर्मी सामु प्रतिप्रश्न थियो । 

उनले भने, ‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अपm्ठ्यारो हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री, अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई ? यो ठूलो आश्चर्यको विषय हो । त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो त्यो । जिम्मेवारी हो । त्यो जिम्मेवारी बिल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर, राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अप्ठ्यारो लाग्नुपर्ने होइन ?’

ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भीर भएर अघि बढ्नुपर्नेसमेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ