arrow

'लोकमान' महाभियोग : प्रधानमन्त्री दाहाल र देउवाबीच बालुवाटारमा के भयो गफ ?

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
Baluwatar_PM_Residence.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा कुराकानी भएको छ । शनिबार साँझ देउवा प्रधानमन्त्री निवास बालुवाटार छिरेका हुन् । दाहालसँगको भेटमा देउवाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावपछि उत्पन्न परिस्थिति र समाधानबारे छलफल गरेका हुन् ।
 
दाहालले अब कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी गरे । दाहालले निर्णायक शक्ति तपाईहरुनै हो भन्दै समस्या समाधानको बाटो खोज्न आग्रह गरेको स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने भेटमा समसामयिक विषयमा कुरा भएको मात्रै जानकारी दिए । दिउँसो मात्रै माओवादी केन्द्रको बैठकले महाभियोग प्रस्तावबारे अन्य दलहरुसँग समन्वय गर्ने र अन्तिम निर्णय लिने जिम्मा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाललाई दिएको थियो । सोही अनुरुप दाहाले प्रमुख सत्ता साझेदार एवं संसदको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति तथा संसदीय दलका नेतालाई आफ्नो निवासमा डाकेका हुन् । 
 
कांग्रेसले समेत आफ्नो केन्द्रीय समिति बैठकमा महाभियोग प्रस्तावबारे बहस चलाइसकेको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा सत्ताधारी दलकै सांसदहरुबाट हतारमा महाभियोग प्रस्ताव दर्ता गराउने प्रयत्न भएको र आफुलाई जानकारी नदिई भएको गतिविधिले प्रधानमन्त्री दाहाल तनाबमा देखिएपछि देउवा पनि भेटघाटका लागि तयार भएका हुन् । देउवाले आफ्नो केन्द्रीय समिति बैठकमा सदस्यहरुसामु महाभियोग दर्ता भएको दिन आफुलाई प्रधानमन्त्रीले राति १० बजे टेलिफोन गरेर गुनासो गरेको र असज महसुस गरेको भनि सुनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ