arrow

उपचारपछि घर फर्किए धनराज गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
dhanraj-party.JPG

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि आइतबार घर फर्किएका छन् ।

कानुनमन्त्री गुरुङ गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि उपचारका लागि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

मन्त्री गुरुङ स्वास्थ्य लाभ गरी केहीबेर अघि मन्त्री क्वार्टर पुल्चोक फर्किएको उनका स्वकीय सचिव प्रेमप्रकाश केसीले जानकारी दिए । 

अस्पतालमा रहँदा मन्त्री गुरुङलाई त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ