arrow

फिलिपिन्सले भाषा फेर्‍याे : अमेरिकासँगको सम्बन्ध नटुट्ने संकेत

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
filipin-new-as.jpeg
एजेन्सी । अमेरिकासँग आफ्नो सबै सम्बन्ध टुटेको घोषणा गरेको फिलिपिन्सले भाषा फेरेको छ । उसले पुनः अमेरिकासँगको सम्बन्ध नटुट्ने संकेत गरेको छ । शनिबार फिलिपिनी विदेश मन्त्री पर्फेक्टो यसबले अमेरिका अझैंपनि फिलिपिन्सको आत्मिय मित्र रहने बताए । 
 
यद्यपि, मन्त्री यसबले फिलिपिन्स अमेरिकाको निर्भरता र अधिनमा रहेको भन्ने बुझाइबाट आफुलाई छुटाउन चाहेको बताए । यसबको सो प्रतिक्रिया राष्ट्रपति रोड्रिगो डुटर्टीले आफु अमेरिकाबाट अलग्गिएको घोषणा गरेको दुई दिनपछि आएको हो ।  
 
डुटर्टीको घोषणालाई यसबले चोखाउन खोच्दै अमेरिकासँगको सम्बन्ध टुटाउन आफुहरुको राष्ट्रिय चाहाना नरहेको प्रष्ट पारे । उनले डुटर्टीले उचारण गरेको अलग्गिने शब्दलाई फिलिपिन्सले आफु अमेरिकाको निर्भरता र अधिनमा रहेको  भन्ने बुझाइबाट छुटाउन चाहेको भन्ने अर्थ लगाउनुपर्ने बताए । 
 
राष्ट्रपति डुटर्टी आफ्नो चीन भ्रमणका क्रममा गएको विहीबार आफु सदाको लागि अमेरिकाबाट अलग्गिने घोषणा गरेपछि अमेरिकाले पनि उक्त घोषणाको स्पष्टिकरण खोज्ने जनाएको थियो । 
 
शुक्रबार डुटर्टीका अर्थ व्यवस्थापकहरुले समेत फिलिपिन्सले अमेरिकासँगको अर्थ र व्यापार सम्बन्धलाई बन्द नगरेको प्रष्ट पारे । डुटर्टीको भ्रमणले चीनसँगको सम्बन्ध केही सुधारन्मुख देखिएपनि यसअघि चीन फिलिपिन्सको कडा प्रतिद्वन्द्वी हो । उता, अमेरिका भरपर्दो मित्र हो । 
 
‘साउथ चाइना सी’ लाई लिएर चीन र फिलिपिन्सबीच लामो समयदेखि विवाद छ । यद्धपि डुटर्टीको चारदिने चीन भ्रमणका क्रममा यी दुबै मुलुक आपसी विवादलाई सयुक्त रुपमा सुल्झाउन सहमत भएका छन् । 
 
चारदिने चीन भ्रमणबाट फर्केका डुटर्टीले पत्रकारहरुसँग कुरा गर्दै आफुले बोलेको कुरालाई सम्बन्ध भाड्ने खालको भनेर नबुझ्न आग्रह गरे । यदि यसरी बुझे कुटनीतिक सम्बन्ध बिग्रिने बताउँदै उनले आफुले कदापि त्यस्तो गर्न नचाहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ