arrow

आँखा पाक्ने रोग बढेपछि मध्यपुरका सबै विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
eye-disorder-virus-conjunctivirus.jpg

काठमाडौँ । देशभर आँखा पाक्ने रोग अर्थात् भाइरस कन्जङ्क्टिभाइटिस रोगको संक्रमण बढेको भन्दै मध्यपुर थिमी नगरपालिकाले सबै विद्यालय बन्द गरेको छ । 

नगरपालिकाले सूचना जारी गर्दै शिक्षक र विद्यार्थीहरुमा संक्रमित हुने क्रम बढेको भन्दै संक्रमणको चेन ब्रेक गर्नका लागि सोमबार र मंगलबार दुई दिन नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

आँखा पाक्ने रोगबाट हजारौँ बिमार भइसकेका छन् । अहिलेसम्म अनलाइन कक्षा सञ्चालन गर्नेतर्फ भने स्थानीय सरकारहरुले सोचेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ