arrow

ललिता निवास जग्गा प्रकरण

कागतालीले म जानुभन्दा एक दिन पहिला सर्वोच्चबाट निर्णय भएछ  : माधव नेपाल

जग्गा प्रकरणको छानबिनमा सहयोग रहन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं ।   बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा संलग्नता रहेको आरोप लागेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू माथि  सञ्चारमाध्यमहरूले भागेको भ्रम फैलाएको आरोप लगाएका छन्। 

सोमवार युरोपेली देशहरूको भ्रमण छोटाएर स्वदेश फर्किएका उनले  आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको बताएका छन् । उनले पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरूले आफू भागेको भ्रम फैलाएको आरोप लगाए। उनले आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्ने कुराले नभाग्ने बताए ।

उनले भने, ‘कागताली कस्तो पर्‍यो भने म जानुभन्दा एक दिन पहिला सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ । त्यो निर्णय भित्र ललिता निवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अघि बढाउनु भनेर लेखिएको थियो । त्यसमा कता कता म प्रधानमन्त्री भएको बेलामा पनि जग्गा सम्बन्धी निर्णय भएका थिए । त्यसैसँग जोडेर पत्रपत्रिकामा मेरो बारेमा समाचार आयो । कसै कसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल माग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्दथ्यो । गोली चल्ने बेलामा खाने बेलामा त नभाग्ने मान्छे बदमासी र कुनै अपराध नगर्दा तर्सेर भाग्ने मान्छे माधव नेपाल हुँदै होइन । राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्ने म । '  

उनले ललिता जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।  उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनसायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको, र कसैलाई मुआब्जा नदिईकन कानुनसम्मत ढङ्गले छुटाएर काम गरेको बताए ।  उनले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतीको सामना गरेर अघि बढ्ने बताए । उनले जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने बताए ।

उने भने,' तपाईँहरू सबैलाई थाहा होला । सबै चुनौतीको सामना गर्ने मान्छे म, कुनै गल्ती, अपराध, भ्रष्टाचार नगरेको मान्छे म, कुनै सन्दर्भ छैन भन्न सकिन्छ, किनभने कानुनको प्रेसअन्तर्गत सबै प्रक्रिया अघि बढ्छन् । प्रेस अघि बढेको पनि छैन । मेरो पहिलादेखिकै निश्चित निर्धारित कार्यक्रममा जाने अवस्था बन्यो र म गएँ । स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) मा कार्यक्रम थियो । म यहाँबाट जाने बित्तिकै केहीले त माधव नेपाल भागे भनेर लेखे, लुकेर बसे, अब फर्किँदैनन् भने । तर मेरो बानी पनि चुनौती दिइसकेपछि तह लगाएरै छोड्ने भइसकेपछि म फर्किएँ । कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन, तर चित्त दुखेको छ, केही गरौँ भन्यो के हुन्छ, केही गरेर देखाएको पनि हो । त्यसमा गर्व छ । बालुवाटारको प्रकरणमा पनि भन्ने हो भने निवासमा कोही जाने हो भने हेर्न र भन्न सक्छ । त्यो काम कुन प्रधानमन्त्रीको पालामा शुरु भयो भन्दा सम्भवतः मेरो नाम अग्रपङ्क्ति आउनेछ । केही बदमासी भएको छ भने छानबिन होस् । मेरो सहयोगी भूमिका रहनेछ । तर मैले नितान्त असल मनसायले काम गरेको हुँ । सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानुनसम्मत लाग्ने छुटाएर गर्ने भनिएको हो । मेरो कुनै पनि गलत कार्यमा संलग्नता रहेको छैन । त्यो मनसायले कागजपत्र नभए पनि श्रेष्था कायम गरेर राम्रो गरेको हुँ । त्यो काम गर्दा सरकारी र अन्य प्रकारको जग्गा कानुनसम्मत ढङ्गले छुटाएर गरिएको हो । बाटोमा पनि मुआब्जा कसैलाई नदिईकन गरिएको हो । ७ रोपनी जग्गा फिर्ता लिएको हो । यसमा संलग्नहरूको पनि छानबिन होस् । मेरो संलग्नता यस्तोमा कुनै छैन ।’

अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किनुभएको थियो । तर साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ