arrow

देशभरका नौ राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
pahiro-road-block.jpg

काठमाडौँ ।  अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन् । 

पहिरोका कारण दार्चुलाको गोकुलेश्वर-दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची-हेलम्बु सडकखण्ड र मेलम्ची-भोताङ सडकखण्ड, मुगुको जुम्ला-नाग्म-मुगु सडकखण्ड, डडेल्धुराको डडेल्धुरा-दिपायल सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै, पाल्पाको सिद्धार्थ राजमार्ग, रोल्पाको थवाङ जाने सहिदमार्ग सडकखण्ड र रूकुम (पूर्व)को मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । 

पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धारकार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ