arrow

सबै काण्डको फाइल खोलौँ, महराको छानबिन हुनुपर्छ – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
gagan-kumar-thapa-kathmandu-4-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले ठूला काण्डहरुका सबै फाइल खोल्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस संसदीय दलको बैठकमा बोल्दै थापाले नेताहरुले आफू फस्ने जस्तो देखिए अर्को मुछिने फाइल खोल्न सुझाव दिने गरिएको भन्दै भन्दै अब ठूला काण्ड सबैको फाइल खोल्नुपर्ने बताएका हुन् । 

उनले भने, 'केही दिन अगाडि डा बाबुराम भट्टराईले शिबिर घोटालाको छानबिन गरौँ भन्नुभयो । ललिता निवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो । हिजोआज शीर्ष नेताहरुको यस्तै भनाइ सुनिन्छ । कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त ? कुनै दलको कुनै नेता अनुसन्धानको क्रममा पक्राउ पर्‍यो भने ए हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खै ? यस्तै यस्तै सुनिन्छ । यसरी आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यो अवस्था बदल्नु पर्छ । यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन् ती सबैको फाइल खोलौँ । अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस् तर दोशी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस्, मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।'

महामन्त्री थापाले सुन तस्करीमा राजनीतिक नेतृत्वको संलग्नता भएको दाबी गरे । उनले प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नाम जोडिएका माओवादीका नेताहरुमाथि छानबिन नगरेकोप्रति आशंका गर्दै ‘यो तस्करी सानो मान्छले गर्नसक्ने कुरा होइन । सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ । महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँटसमेत गरेको छैन ।’

उनले भने, ‘पार्टीको बैठकले भनेअनुसार कसैले प्रष्ट पारेर हुँदैन । नाम जोडिएपछि छानबिन गरेर टुंगो लगाउनुपर्छ । तुरुन्त छानबिन होस् । क्लियर गर्नुपर्छ । संलग्नता प्रधानमन्त्रीको पार्टीको होस् वा हाम्रो जोसुकै जुनसुकै भए पनि कारबाहीको दायरामा ल्याउनैपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ