arrow

गठबन्धनका शीर्ष नेताको एकै स्वर- आयोग चाहिँदैन, सुन प्रकरणमा महरामाथि छानबिन

गठबन्धन छोड्ने उपेन्द्रको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
gathabandhan-2080-03-21.jpg

काठमाडौँ । सत्तारूढ दलका शीर्ष नेताबीचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नभएको निष्कर्ष निकालेको छ । 

सोमबार साँझ बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेता र संसदीय दलका सचेतकहरू सहभागी थिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताबीचको बैठकमा सदनको अवरोध हटाउने विषयमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को मागअनुसार सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न आवश्यक नभएको निष्कर्ष निस्केको हो ।  

 नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पुर्‍याउनु भएको गठबन्धनको ठहर रहेको बताए । 

नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले छानबिन गरिरहेको भन्दै उच्चस्तरीय छानबिन आयोगको गठनले सीआइबीको कामलाई अवरोध गर्ने र मुद्दालाई ‘डाईभर्ट’ गर्न सक्ने बताए ।  

उनले बैठकबारे जानकारी दिँदै भने, “आजको छलफलमा उच्चस्तरीय छानबिन आयोगको माग गर्नु भनेको अहिले भइरहेको छानबिनलाई अवरोध गर्नु र यो मुद्दालाई डाइभर्ट गर्नु हो भन्ने निष्कर्ष निकालेको छ ।”

पाण्डेलेले सय किलो सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसङ्गमा पनि छलफल भएको र छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने र बाँकी अनुसन्धान जारी रहेको कुरा राखेको सुनए । 

लेखकले महराको सुन प्रकरणमा संलग्नताबारे छानबिन भइरहेको बताउँदै भने “यो भन्दा अघिको सुन प्रकरणमा हाम्रो पूर्व सभामुखज्यूको नाम पनि जोडिएको छ”, उनले भने, “उनको संलग्नता कति हो ? फोन सम्पर्क मात्रले संलग्नता जनाउँछ भन्ने प्रमाणित गर्न सकिन्न, छलफलमा यो प्रश्न गृहमन्त्रीसँग राख्दा छानबिन भइरहेको जानकारी दिए । गृहमन्त्रीले छानबिनको प्रक्रिया एक हदमा पुगेपछि मात्र बताउन सक्ने बताए ।”

प्रमुख सचेतक लेखकका अनुसार बैठकमा गौर हत्याकाण्ड र ललिता निवास जग्गा प्रकरणको विषयमा पनि छलफल भयो । गौर हत्याकाण्डको विषयमा फरक फरक प्रतिवेदनले फरक फरक परिणाम देखाएको भन्दै उक्त घटनाका विषयमा सरकारले कानुनसम्मत ढङ्गले टुङ्गो लगाउनुपर्ने छलफल भएको बताए । 

बैठकमा ललिता निवास जग्गा प्रकरणका विषयमा व्यापक छलफल भएको जानकारी दिँदै उनले छिट्टै नै सत्य तथ्य बाहिर ल्याउनेसमेत बताए । उनले भने, “ललिता निवास जग्गा प्रकरणका विषयमा विशेष गरी नीतिगत निर्णयमा अदालतको फैसला उचित हो कि होइन भन्नेबारे व्यापक छलफल भयो । छलफलको क्रम अझै टुङ्गिएको छैन । यो विषयले अझै छलफलको माग गर्छ ।”

त्यस्तै बैठकमा गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टीले गठबन्धनबाट आफूलाई निशाना बनाउने काम भए गठबन्धन छोड्ने उपेन्द्र यनदवले चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ