arrow

स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक विश्वकप फुटबलको फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
worldcup-football-women-spain-final-2023.jpg

काठमाडौ । स्वीडेनमाथि सनसनीपूर्ण जित हासिल गर्दै स्पेन पहिलो पटक विश्वकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार न्यूजिल्याण्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्वीडेनलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

शुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौँ संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

यसपालि स्पेनलाई फाइनलमा पुर्याउने क्रममा साल्मा पोरेलु र ओल्गा कार्मोनाले १–१ गोल गरिन् । उता स्वीडेनकी ब्लोभिस्टले १ गोल गरेकी थिइन् । 

८१ मिनेटसम्म गोलरहित बराबरीमा रहेको खेलमा एकाएक अन्तिम नौ मिनेटमा तीन गोल भएको थियो । ८१ औँ मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई अग्रता दिँदा ८८ औँ मिनेटमा ब्लोभिस्टले गोल गर्दै बराबरी गरिन् । 

तर ८९ औँ मिनेटमा स्पेनकी कप्तान ओल्गाले गोल गर्दै टिमलाई पहिलो पटक फाइनलमा पुर्याइन् । 

स्पेनले अब उपाधिका लागि इङ्गल्याण्ड र अष्ट्रेलियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार हुनेछ । 

अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा विश्वकप भइरहेको हो । न्यूजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ