arrow

ओली र रावलबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
oli-rawal-2080-04-30.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता डा. भीमबहादुर रावलबीच भेटवार्ता भएको छ । 

अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुई जनाबीच भेटवार्ता भएको जनाएको हो। पार्टीको १०औँ महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएकोमा त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ । 

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए । 

तर त्यो टोलीले एक पटक कुरा गरेपछि त्यसपछि कुनै चासो नै देखाएन । अछामलाई एमालेको गढ बनाएका रावललाई ओलीले प्रतिनिधि सभामा टिकटसमेत नदिएर बाहिर राखे । रावललाई कुनै जिम्मेवारीसमेत दिएका छैनन् । 

आजको उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ