arrow

प्रचण्डलाई भेट्न सिंहदरबार पुगे बालेन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
prachanda-balen-2080-04-30.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ ।

लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौँको सुकुम्वासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा छलफल भएको बताइएको छ ।

हालैमात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाईसमेत बोलाएर बैठक राखेका हुन् । 

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागीता थियो।

 बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष नवराज पराजुली पनि सहभागी थिए । 

तर २० वर्षदेखि अड्काएर राखेको मनोहरा जग्गा एकीकरणका बारेमा भने छलफल नभएको बताइएको छ । 

तीन वर्षभित्र सक्नुपर्ने आयोजना अहिलेसम्म सकिएको त छैन नै भ्रष्टाचारको सीमा निकै नाघेको स्थानीयको आरोप छ । 

यो आयोजनाको अध्यक्ष बालेन नै हुन् । 

बैठक करिब डेढ घण्टा चलेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ