arrow

आँखा पाक्ने रोग नथामिएपछि मध्यपुरका सबै विद्यालय थप तीन दिन बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
Madhyapur_Thimi_Nagarpalika.png

काठमाडौँ । देशभर बढेको आँखा पाक्ने रोग अर्थात् भाइरस कन्जङ्क्टिभाइटिस रोगको संक्रमणले मध्यपुर थिमी नगरपालिकालाई असर गरेपछि गरिएको विद्यालय बन्दको समय लम्ब्याइएको छ ।  

नगरपालिकाले सूचना जारी गर्दै शिक्षक र विद्यार्थीहरुमा संक्रमित हुने क्रम बढेको भन्दै संक्रमणको चेन ब्रेक गर्नका लागि सोमबार र मंगलबार दुई दिन नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेकामा अझै यो क्रम जारी रहेकाले शुक्रबारसम्मै बन्द गर्ने निर्णय गरेको हो । 

आँखा पाक्ने रोगबाट हजारौँ बिमार भइसकेका छन् । अहिलेसम्म अनलाइन कक्षा सञ्चालन गर्नेतर्फ भने स्थानीय सरकारहरुले सोचेका छैनन् ।

आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ ।

भाइरल कन्जन्टिभाइटिसको लक्षण देखिन चार देखि १२ दिन लाग्छ । यो अवधिमा आँखामा कुनै पनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ । 

संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ