- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा शीर्ष नेताहरूले संसद्को गतिरोध खुलाउने विभिन्न विकल्पमा छलफल गरेका हुन् ।
बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए।