arrow

चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौँमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
chinese-unmukti-sena-nepali-sena.jpg

काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौँ आइपुगेको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वको आठ सदस्यीय टोली काठमाडौँ आएको हो । उक्त टोलीको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए ।

काठमाडौँ आएलगत्तै उक्त टोलीले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ । जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाटमा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जनाइएको छ । 

चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ