arrow

करोडौँ ठगी आरोपमा सुन व्यापारी विश्वकर्मा जेल चलान 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० साउन ३१ बुधबार
jhapa-sun-byapari-jail.jpg

झापा । तीस करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका  झापा गौरादह नगरपालिकाका एक दम्पतीलाई अदालतले पुर्पक्षका लागि जेल चलान  गरेको छ ।

झापा जिल्ला अदालतले गौरादह नगरपालिका वडा नं  १  स्थायी निवासी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई  पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत झापाले आदेश दिएको हो ।

विश्वकर्माविरुद्ध स्थानीय पुष्पराज गुरागाईसहित ४७६ जनाले उजुरी दिएको आधारमा पक्राउ परेका निज दम्पतीलाई अनुसन्धान पश्चात जेल चलान गरिको हो   ।
 
झापा जिल्ला  र मोरङका बासिन्दाहरुसँग महँगो व्याजको प्रलोभन देखाई पैसा लिएको पीडितहरुको उजुरी पश्चात् गौरादहमा विगत लामो समयदेखि सोम सुन चाँदी पसल चलाउँदै आएको विश्वकर्मा दम्पतीलाई प्रहरीले पक्राउ गरेको थियो ।
 
 उक्त ठगी धन्दामा संलग्न अन्य २ जना भने अझै फरार रहेको प्रहरी श्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ