arrow

उपत्यकाका तीन पालिकाका सबै विद्यालय आँखा पाक्ने रोगका कारण बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
kathmandu-valley.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आँखा पाक्ने रोग देशैभर फैलिएको छ । जसको प्रत्यक्ष असर साना साना विद्यार्थीलाई परेको छ । साेही कारण स्थानीय पालिकाहरुले विद्यालय बन्द गराउने गरेका छन् । त्यस बाहेक ठूलो योजना पालिकासँग छैन । 

यसै क्रममा भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन सबै विद्यालय बन्द गर्ने भएको छ।

आँखा पाक्ने रोगले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको हो।

हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ।

यसअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आँखा पाक्ने रोगको कारण सबै विद्यालय बन्द गरिसकेको छ।

थिमीले सोमबारदेखि यो साता बन्द आह्वान गरेको हो ।

सरकारले भने खासै पहल गरेको पाइएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गर्दैै स्टिकर बनाएर मात्र सामाजिक सञ्जालमा राख्ने गरेको छ । 

धेरै  जिल्लामा बिरामी भएका विद्यालय बन्द गरिँदै आए पनि सरकारको ठोस योजना भने पाइएको छैन । 

अहिले अस्पताल पुगेका ६० प्रतिशत आँखाका बिरामीमा आँखा पाक्ने रोग लागेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आँखा विभागकी सहप्राध्यापक डा रञ्जु खरेल सिटौलाले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ