arrow

उत्तर बग्ने कालीगण्डकी स्याङ्जामा, प्रचार प्रसारका लागि महायज्ञ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
syangjayagya.jpeg
स्याङ्जा । हामी सबैले पत्याउन पनि गाह्रो  होला खोला नदीनाला उत्तर तर्फ बग्छन भनेर । जहिले पनि नदी खोला नाला दक्षिण तिर नै बग्छ भन्ने थाहा पाएका छौ । तर स्याङ्जाको मालुङ्गा स्थित कालीगण्डकी उत्तरबाहिनी भएर वगेको छ । विश्वमा तिन नदी मात्रै उत्तरबाहिनी भएर वगेको बताइएको छ ।
 
 तीन नदी मध्ये नेपाल भित्रै पर्ने कालीगण्डकी नदी हो जो स्याङ्जा र पाल्पाको सिमाना हुदै वगेको छ । उत्तरबाहिनी भएर वगेको नदीमा स्नान गर्दा मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक किवदन्ती रहेको पाईन्छ । यसैको प्रचार प्रसार गर्नका लागि असोज २७ गतेदेखि कात्र्तिक ७ गते सम्म “नेपाल महिमा एंव कालीगण्डकी ज्ञान विज्ञान गीताज्ञान महायज्ञ” २०७३ संचालन गरिएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठन द्धारा आयोजित ११ दिन सम्म चल्ने महायज्ञले उत्तरबाहिनी कालीगण्डकीको महिमा र विश्वरभर यसलाई चिनाउने लक्ष्यका साथ आयोजना गरिएको आयोजकले जनाएको छ ।
 
विश्वको एकमात्र शालिकग्राम बाहिनी नदी कालीगण्डकी यज्ञस्थल स्याङ्जाको मालुङ्गामा रहेको छ । यो महायज्ञमा देश तथा विदेशबाट धेरै भक्तजनहरुले गण्डकी स्नान गर्ने र यसको महिमाका बारेमा ज्ञान लिने मौका प्रमुख बाचक चैतन्यकृष्ण महाराजजीले पुर्‍याएका हुन् । यज्ञशेषबाट उत्तरबाहिनी कालीगण्डकीको प्रचारप्रसारका साथै आधुनिक गुरुकुल, प्राकृतिक चिकित्सालय, गौशाला आदी निर्माण गर्ने उदेश्य रहेको आयोजकको भनाई छ । स्याङ्जाको सिमाना हुदै बग्ने कालीगण्डकीका तटमा धेरै धार्मिक स्थलहरु रहेका छन् । जसको आ—आफ्नै महत्व बोकेका छन् । ति धार्मिक स्थलहरुको प्रचार प्रसार नहुदा र स्थलहरुको महिमालाई उजगार गर्न नसक्दा ओझेलमा पर्दै आएका छन् । 
 
विश्वमै उत्तरबाहिनी गंगा दुर्लभ पाईन्छ । स्याङ्जामा रहेको उत्तरबाहिनी गंगाको महिमा र प्रचार प्रसार गर्न सकेमा आन्तरिक तथा बाह्रय धार्मिक व्याक्तित्वहरुको आगमनले धार्मिक पर्यटनलाई टेवा मिल्ने स्थानीयहरु बताउछन् । ११ दिन सम्म चल्ने महायज्ञको चैतन्य कृष्णमहाराजजीले कथा बाचन गरिरहेका छन् ।
 
 १ करोड दिपप्रज्वलन गरी महायज्ञ आज समापन हुदैछ । यस महायज्ञको धार्मिक भारतीय टेलिभिन आस्था च्यानलले प्रत्यक्ष प्रसाराण समेत गरेको थियो । १ सय ४५ राष्ट्रबाट हेर्न पाईने आस्था च्यानल मार्फत महायज्ञको प्रत्यक्ष प्रसारणले नेपाललाई विश्वभर चिनाउने महायज्ञका मुल आयोजक समितिका संयोजक शंकरप्रसाद पाण्डेको दावी छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ