arrow

शेखरले भेटे बालकृष्णलाई, एक घण्टा कुराकानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
shekhar-koirala-morang-6-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कारागारमा रहेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन् । कोइरालाले बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा रहेका खाँडलाई भेटेका हुन् । 

केन्द्रीय कारागार कार्यालयका अनुसार डा. कोइराला बुधबार दिउँसो खाँडलाई भेट्न पुगेका हुन् । उनीहरुबीच एक घण्टा कुराकानी भएको थियो । 

जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध उच्च अदालत पाटनमा अपील गरेका खाँडलाई थुनछेक बहसका लागि पेसी चढ्ने बेला भएको समयमा डा. कोइरालाले भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

उच्च अदालत पाटनमा थुनछेकको बहस बिहीबार मात्रै हुन्छ । स्रोतका अनुसार जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा गएका यो मुद्दाका प्रतिवादीहरूको मुद्दा बिहीबार पेसी चढ्ने सम्भावना छ । 

त्यसको पूर्वसन्ध्यामा डा. कोइरालाले खाँडलाई भेटेका हुन् । २७ बैशाखमा चाबहिल मैजुवहालस्थित निवासबाट पक्राउ परेका खाँडलाई १ असारमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । 

त्यसयता उनी थुनामै रहेका छन् । उनीसँगै कांग्रेस नेता आङटावा शेर्पा, एमालेका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझी पनि केन्द्रीय कारागारमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ