arrow

सुन तस्करी छानबिन गर्न निष्पक्ष र पारदर्शी न्यायिक आयोग हुनुपर्छः सांसद केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
arjun-narsingh-kc-nuwakot-2-congress-mp-2079-2022.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट ६० किलो सुन बाहिरिन नसक्ने बताएका छन् । 

बिहीवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ६० किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने दाबी गरे । 

उनले दुई ओटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट साठी किलो सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए । 

उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए । 

नेता केसीले संसद बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ