arrow

म्यानसिटी बन्यो सुपर कप च्याम्पियन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
super-cup-2023.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले यूईएफए सुपर कप जितेको छ । सिटीले  स्पेनिश क्लब सेभियालाई पराजित गर्दै उपाधि जितेको हो ।

ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा सेभियालाई ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा सिटीका हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए ।

सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए ।

त्यसअघि सेभियाले खेलको २५ औँ मिनेटमा युसुफ एन न्यास्रीको गोलबाट अग्रता लिन सफल भएको थियो ।

सिटीले ६३औं मिनेटमा कोल पाल्मेरको गोलबाट बराबरी गरेको थियो । 

च्याम्पियन्स लिग र युरोपा लिगको विजेताबीच सुपर कपको उपाधि भिडन्त हुने गर्दछ । सिटी च्याम्पियन्स लिग र सेभिया युरोपा लिग विजेता हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ