arrow

जापानमा बम विस्फोट, एकको मृत्यु, दुई घाइते

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
japanblast.jpeg
टोकियो । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । 
 
जापानको राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११:३० बजे बिहान सो बम विस्फोटनहरु भएका थिए । एक पार्कमा महोत्सव चलिरहेका बेला भएको उक्त विस्फोटन के कति कारणले गराइएको हो, सो भने तत्काल प्रष्ट नभएको बताइएको छ । 
 
सो विस्फोटनहरुमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै दुई घाइते भएका र घटनाको विस्तृत विवरण भने प्राप्त नभएको अग्नी नियन्त्रण विभागका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् । 
 
सो घटनाहरुमा परेर हताहत भएका तीन व्यक्ति महिला वा पुरुष हो र उनीहरुको उमेर पनि हाल प्रष्ट नभएको अग्नीनियन्त्रण विभागका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार एक विस्फोट कार पाकिङ्ग इलाकामा भएको थियो । 
 
प्रत्यक्षदर्शीहरुका अनुसार लगातार दुईवटा विस्फोट भएको र विस्फोटपछि गन्ध तथा धुवाँ उडेको थियो । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ