arrow

लोकमानविरुद्ध विद्यार्थी सडकमा, राजधानीमा विशाल प्रदर्शन

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
student-news-aaja-cc.jpeg
काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्ताब अविलम्ब पारित गर्न दलहरुलाई दबाब दिने संयुक्त विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेको छ । 
 
आइतबार लोकमानविरुद्धको महाभियोग प्रस्ताव अविलम्ब पारित गर ! भन्ने मुख्य आह्वानकासाथ संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलाबाट संसद भवन बानेश्वरसम्म प्रदर्शन गरेको हो । आफुहरुले नागरिक आवाज उठाएको र दलका नेताहरुलाई खुट्टा नकमाउन भन्दै दबाब अभियान थालेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए । 
 
यसअघि, शनिबार उनीहरुले एमाले अध्यक्ष केपी अाेली र आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमै पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए । गएको वुधबार एमालेका १ सय ७ र माओवादी केन्द्रका ५० सांसदले संयुक्तरुपमा संसद सचिवालयमा कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग प्रस्ताव दर्ता भएकै भोलिपल्ट देखि विद्यार्थीसँगठनहरु सक्रिय भएका छन् ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ