arrow

विश्वकपमा स्वीडेनलाई तेस्रो स्थान, अष्ट्रेलिया निराश

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २ शनिबार
worldcup-football-sweden-2023.jpg

काठमाडौँ । स्वीडेनले महिला विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि शनिबार दिउँसो भएको खेलमा स्वीडेनले आयोजक अष्ट्रेलियालाई पराजित गरेको हो । 

स्वीडेन २–० ले विजयी भयो । स्वीडेनका लागि राल्फो र अस्लानीले एक एक गोल गरिन् । 

सेमिफाइनलमा स्वीडेन स्पेनसँग २–१ ले पराजित भएको थियो भने अष्ट्रेलियालाई इङ्गल्याण्डले ३–१ ले हराएको थियो । 

उपाधि भिडन्त आइतबार स्पेन र इङ्गल्याण्डबीच नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ । 

अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी प्रतियोगितामा ३२ राष्ट्र सहभागी भए । न्यूजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको थियो । 

नवौँ संस्करणको च्याम्पियन भने नयाँ हुनेछ । किनकि अहिलेसम्म स्पेन र इङ्गल्याण्ड फाइनलमा पनि पुग्न सकेका थिएनन् । 

सर्वाधिक चार पटकको च्याम्पियन अमेरिका भने क्वार्टरफाइनलमा पनि पुग्न पाएन । सन् १९९१ देखि शुरु भएको महिला विश्वकपमा अहिलेसम्म अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एक एक पटक उपाधि जितेका छन् । ब्रजिल, चीन र नेदरल्याण्ड्स भने फाइनलसम्म मात्र पुगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ