काठमाडौं। लेड बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह सुरु गरिएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा जनस्वास्थ तथा वातावरण प्रर्वद्धन केन्द्रले पत्रकार सम्मेलन गरेर लेड बिषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको बारेमा जानकारी गराएको हो ।
मानव जीवनमा घातकको रुपमा रहेका दशवटा रसायन मध्ये सिसा पनि एक हो भन्दै जनस्वास्थ तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक राम चरित्र साहले आइतबार पत्रकार सम्मेलन गरेर १३ गतेसम्म विविध कार्यक्रम गरी बालबालीकाको स्वास्थ्य जोगाउन लेडमुक्त पेन्ट उन्मुलनका लागि सरकारी प्रभावकारी कार्यान्वयनमा जोड भन्ने मुल नाराका साथ सप्ताहको समापन हुने जनाए ।
निर्देशक साहले नेपाल सरकारले तोकेको मापदण्ड विपरीत लेडको प्रयोग भैरहेको बारेमा ध्यान दिन नसकेको बताएका छन् । कार्यक्रममा वातावरण विभाग निरीक्षक राजेश्वर पौडेलले एक लिटर पेन्टस्मा ९० ग्राम भन्दा कम लेड भएका रङहरू प्रयोग गर्न प्रयोगकर्तालाई आग्रह गरेका छन् । उनले लेडको असर मन्द विषको रुपमा मानव जीवनलाई आक्रमण गरिरहेको बताए ।
त्यसैगरि क्यूपेक प्रतिनिधि कृष्ण रिमालले हानीकारक बस्तुहरूको प्रयोगमा सरकाले कडाई गर्ने तर आयातमा कुनै ध्यान नदिने भन्दै सरकार नै यस्ता बिषाधिहरूको भागिदार हुनुपर्ने बताए । उनले राजस्वको लोभमा आम नागरीकहरूले लेडको चरम असर खेप्न बाध्य भएको बताए ।