arrow

विश्वकप फुटबलको उपाधि स्पेनलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
worldcup-football-winner-2023a.jpeg

काठमाडौँ । विश्वकप महिला फुटबलको उपाधि स्पेनले जितेको छ । आज भएको फाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै स्पेन नयाँ च्याम्पियन बनेको हो । 

स्पेन १–० ले विजयी भएको हो । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भएको नवौँ संस्करणमा स्पेन पहिलो फाइनल प्रवेशमै उपाधि जित्न सफल भएको हो । 

स्पेनलाई उपाधि दिलाउन खेलको २९ मिनेटमै ओल्गा क्यामोनाले निर्णायक गोल गरिन् । मारिआ काल्डेन्टीको पासमा म्यामोनाले गोल गरेकी हुन् । 

७० औँ मिनेटमा जेनिफर हर्मोसाको गोल भने खेर गएको थियो । प्रतियोगितामा स्वीडेन तेस्रो भएको छ । स्वीडेनले तेस्रो स्थानका लागि भएको खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्यो । 

जारी प्रतियोगितामा ३२ राष्ट्र सहभागी भए । न्यूजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको थियो । सर्वाधिक चार पटकको च्याम्पियन अमेरिका भने क्वार्टरफाइनलमा पनि पुग्न पाएन । 

सन् १९९१ देखि शुरु भएको महिला विश्वकपमा अहिलेसम्म अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एक एक पटक उपाधि जितेका छन् । ब्रजिल, चीन र नेदरल्याण्ड्स भने फाइनलसम्म मात्र पुगेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ