arrow

ईराकमा तीन वर्षदेखि बन्धक कमलाबारे बेखबर सरकार 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० भदौ ३ आइतबार
kamala-murmu-jhapa-iraq.jpg

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं ६ की ३० वर्षीया कमला मुर्मू ईराकमा तीन वर्षदेखि बन्धक अवस्थामा रहेकी छिन् ।  

कमलाकी आमाले उनको उद्धारका लागि अपील गर्दै आफ्नी छोरीलाई विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लैजाने भनेर मानव तस्करले इराक पुर्याएर बेचेको लखी मुर्मूले बताइन् । 

ओमान लैजाने भनेर आफ्नी छोरीलाई इराक पुर्‍याएछन्, ईराक पुगेको छ महिनासम्म त कुनै सम्पर्क हुन सकेन । त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ उद्धार गर्नुपर्‍यो आमामात्र भनिरहेकी छिन् ।’

पारिवारिक श्रोतका अनुसार कमला तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि हाल उनको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास हुन सकेको छैन । 

कमलासँग परिवारको दोहोरो सम्पर्क हुन नसकेका कारण उनलाई ईराकको कुन शहरमा बन्धक बनाइएको हो भन्ने बारेमा अझै प्रष्ट हुन नसकेको परिवारको दाबी छ ।

ईटहरी बाँसबारीका गोविन्द कट्टेल र बिर्तामोड नगरपालिका वडा नं १ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई ईराक पुर्‍याएको परिवारको दाबी छ ।

ईराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौँ महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस म्यासेजमार्फत बताएकी छिन् ।

रोजगारीका क्रममा भारतको गुजरातमा रहेका पतिले छाडेपछि कमला जीविकाका लागि वैदेशिक रोजगारीमा जान बाध्य भएकी हुन् ।

हाल कमलाकी आठ वर्षकी छोरी काजल मुर्मूको लालनपालन हजुरआमा लखीले नै गरिरहेकी छिन् । काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ