arrow

पहिलो पटक राष्ट्रपतिले डाकेको सर्वदलीय बैठक आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं । राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज साढे ८ बजे राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । 

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आज बिहान साढे ८ बजे शीतल निवास बोलाएको प्रेस सल्लाहकार किरण पोखरेलको भनाइ छ । 
 
सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका थिए । तर पौडेलले सबै राजनीतिक दलका नेताहरूको बैठक पहिलो पटक राखेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ