arrow

सर्वदलीय बैठक बस्दै, सहमति हुन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
sarbadaliya-baithak-2080-05-03.jpg

काठमाडौं । संसद्मा जारी अवरोध हटाउन आज राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलको बैठक बस्दै छ । बैठक आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्न लागेको हो । 

बैठक आइतबार पनि बसेको थियो । जसमा निष्कर्ष निस्किएको थिएन । सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भए पनि सहमति हुन नसकेपछि आज पुनः बस्ने गरी स्थगित भएको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो बसैको बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याएको थियो ।

आज भने बैठकबाट संसद्को अवरोध हटाउने सहमति हुने सम्भावना रहेको छ । हिजो नै सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच मोटामोटी सहमति भइसकेको र  बाकी रहेका विषयमा आज सहमतिमा पुगेर सदन खोल्ने तयारी भइरहेको बताइन्छ ।  हिजोको बैठकबाट बाहिरिने नेताहरूले सोमबार वा मङ्गलवार सम्मा सबै कुरामा सहमति भएर  सदन खुल्ने बताएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ