बझाङ। जिल्लाको निकै चर्चामा रहेको बागथला शिक्षक हत्या प्रकरणमा मुछिएका रायल गाबिस देउराका भक्त भण्डारीले झण्डै डेड बर्ष पछि आईतबार सफाई पाएका छन् । जिल्ला अदातल बझाङका जिल्ला न्यायधिस पूर्ण प्रसाद बास्तोलाको एकल ईजलासले भण्डारीलाई निर्दोष ठहराएको हो ।
बाँझ गाबिस ७ स्थित बखेत प्राबिका शिक्षक जय बहादुर चन्दको हत्या गरि बेपत्ता पारेको अभियोगमा २०७२ जेठ ९ गते प्रहरी नियन्तणमा रहेका भण्डारीलाई पुरपक्षका लागी कारागार चलान गरेको थियो । मृतक चन्दकी श्रीमती रमीला देबी चन्द र निजका छोरा करन चन्दले चन्दको हत्यामा भक्त भण्डारीको घटनामा कुनै संलग्नता नरहेको र उनि आफ्नो श्रीमतीको उपचार गर्न धनगडी गएको आदातलमा आएर बकपत्र गरेपछि भण्डारीले सफाई पाएको जिल्ला अदालतका तहसिलदार अक्कल राबलले बताए ।
बकपत्रमा मृतकका आफन्तले भक्त भण्डारी निर्दोष भएको बताएका छन् । आफुलाई निराधार झुटो आरोप लगाई फसाईएको हो भण्डारीले भन्नु भयो मेरो घटनामा कुनै संलग्नता थिएन । कानुनी राज्यमा सत्यको बिजय हुने बताउदै आफुले आफु पनि निर्दोष भएका कारण न्याय पाएको बताए ।
गएको बर्ष बैशाखको अन्तिम सातामा बाँझ गाबिसको बागथालामा रहेको एक होटलमा भण्डारी सहित ,ऐन बहादुर भण्डारी र पुस्कर भण्डारीले कुटपिट गरि बेपत्ता गरेको आरोपमा उनलाई प्रहरीले नियन्तणमा लिएको थियो । सेही घटनामा मुछिएका ऐन भण्डारी पुस्कर भण्डारी भने घटना भएको दिन देखी फरार भएका थिए ।
यूवा संघ बझाङका अध्यक्ष समेत रहेका भण्डारी कारागार बाट निस्के पछि उनको समर्थक तथा आफन्तले खुसीयाली मनाएका छन् । बिहानै देखि कारागार र जिल्ला अदातल बझागंमा एमाले निकट भातृ संघ संगठनका नेता कार्यकर्ता भण्डारीको आफन्त नातेदार र सुभेच्छुकको भिड रहेको थियो ।