arrow

लोकमानको चर्तिकलाले अख्तियारको गरिमामै गम्भीर असर : ट्रान्सपरेन्सी इन्टरनेशनल

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
transparency-international-logo-new.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अन्नुसन्धान आयोग (अदुअआ)का प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल टिआईले खरो धारणा राखेको छ । 
 
टिआईले आइतबार विज्ञप्ति जारी गरी अख्तियार प्रमुख कार्कीले संविधान र कानुन विपरित काम गरेका विषयमा नेपालका वुद्धिजिवी, आम संचारमाध््यम र नागरिकले गम्भीर आवाज उठाएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 
 
महासचिव पद्मिनी प्रधानाङ्गले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार निवारणको प्रमुख भूमिका निभाउनु पर्ने संवैधानिक आयोगका प्रमुख आयुक्त नै विधिको शासनको सम्बन्धमा अनुत्तरदायी र कानूनी सर्वोच्चताको उल्लंघन गर्नु, दैनिक रुपमा सरकारलाई विधिको शासन सञ्चालनका लागि मद्दत गर्नुपर्नेमा सरकारले नियमित रुपमा गर्ने कार्यमा नै हस्तक्षेप गर्नुले अख्तियार दुरुपयो अनुसन्धान आयोगको काम, कारबाही र गरिमामा गम्भीर रुपले असर पर्न गएको छ–भनिएको छ । 
 
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘टिआई नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत कुनै पनि संस्था वा निकायमा कुनै पनि तहमा, कुनै पनि किसिमको अनुत्तरदायी, भ्रष्टाचार र भ्रष्टाचार उन्मुख गतिविधिको विरोध गर्दछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ