arrow

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संसद गतिरोध अन्त्यका लागि आज शितल निवासमा सर्बदलीय बैठक बस्दैछ  । 

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद गतिरोधको विषयलाई लिएर सर्बदलीय बैठक बोलाएका हुन् । 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उपस्थिति रहने छ । तर उनले समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएको जानकारी दिए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अबरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो ब्यक्त गर्दै आएका छन् । 

सो विषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरी जारी संसद अवरोधको विषयमा गम्भीर चासो ब्यक्त गरेका थिए । 

दुवै नेतासँग अलग अलग भेटवार्ता गरेपछि राष्ट्रपति पौडेलले आजका लागि सर्वदलीय बैठक बोलाएका हुन् । 

यद्यपि दलहरुबीचको हिजो रातिको बैठकले संसद खोल्ने सहमति गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ