arrow

पदवहालीपछि प्रधानन्यायाधीशको बचन -न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल शुरु गर्छु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
bishwambharprasad-shrestha-2080-05-04.jpg

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै मंगलबारै पदवहाली गरेका छन् । 

सर्वोच्च अदालतमा पुगेर पदवहाली गर्ने क्रममा उनले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल शुरु गर्ने बताए ।

३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गरेका उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताए । 

आफ्नो कार्यकालमा केही गरेर जाने उल्लेख गर्दै उनले न्याय परिषद्को बैठक राखेर तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने र मुद्दा फछ्र्योटमा ध्यान दिने बताए । 

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

 संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौँको कुलेश्वरमा बस्दै आएका छन् । 

श्रेष्ठ विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ