arrow

प्रधानसेनापतिले प्रभुरामलाई लगाए उपरथीको दर्ज्यानी चिन्ह

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
darjyani-chinha-sena-news.jpeg
काठमाडौं। प्रधानसेनापति राजेन्द्र क्षत्रीले सहायक रथी प्रभुराम शर्मालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  
 
नेपाली सेनाको जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति क्षत्रीले शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 
 
नेपाल सरकार, मन्त्रिपरिषद्को गत कात्तिक ५ गतेको निर्णय अनुसार व्यवस्था, नीति तथा योजना निर्देशनालय, बलाधिकृत विभागका निर्देशक सहायक रथी शर्मासँगै कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी गौरव तण्डुल समेत उपरथी दर्जामा पदोन्नती भएका हुन् । 
 
तण्डुल हाल मित्रराष्ट्र अमेरिकामा कार्यरत रहनुभएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ