arrow

स्वास्थ्यमन्त्री थापाले डेंगु नियन्त्रणका लागि खटाए विशेष टोली

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
gagan-thapa-press-meet-new-a.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्रालयले तराईका विभिन्न जिल्लामा देखिएको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रणका लागि विशेषज्ञ टोली खटाएको छ । 
 
जसमध्ये डेंगुबाट बढी प्रभावित चितवन र झापामा विशेष अभियान सर्च एण्ड डिस्ट्रोए अभियान चलाएको हो । चितवनमा तीनदिनदेखि जारी अभियानलाई आजदेखि दमकमा पनि विस्तार गरिएको हो । यो संगै डेंगुको संक्रमण भएका र हुनसक्ने तराईका जिल्लाहरुमा विशेष सतर्कताका साथै डेंगु नियन्त्रणको अभियान चलाइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिए । 
 
 डेंगु विरुद्धको विशेष अभियानलाई तीव्रता दिन निर्देशक आचार्यले आइतबारदेखि तय भएको एकहप्ते थाइल्याण्ड भ्रमण समेत रद्द गरेका छन् । 
 
स्वास्थ्य मन्त्री गगनकुमार थापाले आइतबार मन्त्रालयमा बसेको बैठकमा डेंगु नियन्त्रणका लागि विशेष अभियान चलाउन मातहतका महाशाखालाई निर्देशन दिए । 
 
बैठकमा मन्त्री थापाले डेंगुको संक्रमण न्यूनीकरण गर्न मन्त्रालय गम्भीरतापूर्वक लागेको बताए । ३४ वटा डेंगुको केस देखिएको झापाको दमकमा डा. यदुचन्द्र घिमिरे र ल्याव टेक्नीसियन डवल वहादुर विसिको टोली संक्रमीत क्षेत्रमा भोलि बिहानै पुगी अभियान सुरु गर्ने महाशाखाका निर्देशक डा. आचार्यले जानकारी दिए । 
 
उनका अनुसार दमकमा डेंगु परीक्षणका लागि मन्त्रालयबाट खटाइएको टोली पुग्नुका साथै आवश्यक किट समेत उपलब्ध गराइएको छ । थप किट बुधबार नपाल आइपुग्नछ । मन्त्रालयले प्रभावित १६ जिल्लामा संचार माध्यमहरुबाट चेतनामूलक सूचना समेत प्रसारण गरिरहेको छ ।
 
डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण नै एकमात्र उपाय भएकाले त्यसको लागि आवश्यक सतर्कता अपनाउन मन्त्रालयले सबैमा आह्वान समेत गरेको छ ।
 
यसैबीच, रौतहटको गरुढा नगरपालिकाको वडा नं ३, ४ र ५ स्यालको टोकाइबाट घाइते भएकामध्ये एकजनाको मृत्यु भएपछि मन्त्रालयले त्यसतर्फ विशेषज्ञ टोली पठाएको छ । 
 
पशु चिकित्सक अभिनास सिंहको नेतृत्वको टोली आइतबार त्यसतर्फ गएको छ । टोलीले सोमबार बिहान हेटौंडामा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. रमेश विक्रम सिंहसँग समन्वय गरी घटनास्थलमा गएर विस्तृत अध्ययन एवं उपचार सुरु गर्नेछ । 
 
स्यालको टोकाइबाट घाइते भएकाहरुको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिएको समेत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक आचार्यले जानकारी दिए । रौतहटको गरुडा तीनका ३२ वर्षीय बसन्तकुमार यादवको स्यालको टोकाइबाट शनिबार मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ