arrow

धरानको सामूहिक भोज घटनाबारे संसदमा जानकारी दिन शंकर भण्डारीको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
shankar-bhandari-2080-05-06.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले धरानमा गोरु काटेर खाएको काण्ड के हो ? भन्दै गृहमन्त्रीबाट जानकारी माग गरेका छन् । 

उनले प्रतिनिधि सभाको विशेष समयमा बोल्दै गोरु काटेर सामूहिक भोज गरिएको र त्यसलाई सामाजिक संजालमार्फत प्रचार गर्न खोजेको देखिएकोसमेत उल्लेख गरेका छन् । 

 उनले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको भन्दै आपसी सद्भाव र सहिष्णु राखेको उल्लेख गर्दै अहिले आपसी एकता चुनौती दिने गरी धरानमा गराइएको घटना निन्दनीय भएको बताए । 

आस्थाको केन्द्रमा धावा बोल्ने काम बढेको भन्दै सांसद भण्डारीले अतिवादीहरुले द्धन्द्ध फैलाएर सद्भाव खल्बलाउनेविरुद्ध कारबाही गर्न माग गरेका छन् । 

यो घटनाबारे के भइरहेको छ भन्दै गृहमन्त्रीलाई संसदमा यस बारेमा जानकारी दिन पनि माग गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ