arrow

माधव र बाबुरामलाई पक्राउ गरी अनुसन्धान गर्न राप्रपाको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
madhav-baburam-lallita-niwas.jpg

काठमाडौँ । राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाए । 

देशमा दुई ओटा कानून नरहेको भन्दै उनले निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ