arrow

दुई पटक चर बेला परेको दिन राशिफल कस्तो हुनेछ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
rashifal-horoscope-blue.jpg

आजको पञ्चाङ्ग

मिति २०८० भदौ ८ गते शुक्रबार, इस्वीसंवत अगष्ट २५ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धश्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धश्रावणशुक्लपक्षको नवमी तिथि रातिमा ९ः२९ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा ज्येष्ठा रातिमा ४ः३३ बजेसम्म त्यसपछि मूल नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वैधृति ३० घटि २५ पलासम्म त्यसपछि विष्कुम्भ योग लाग्नेछ । करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा चर रहनेछ ।

सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३२ घटि ९ पला अर्थात १२ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः३९ बजे विभिषण मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ६ः३१ बजे हुनेछ । यस्तै, चन्द्रउदय दिनमा १ः३५ बजे हुनेछ भने चन्द्रअस्त रातिमा ११ः४५ बजे हुनेछ ।

आजको राशिफल

मेष : आज पनि समय खराव रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ, मध्यान्हपछिको समय भने केहि सुधारित रहनेछ, आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ ।

वृष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ, साथी भाइ इष्ट मित्र सबैको मन जित्न सकिनेछ, तपाइको अनुयायीहरु बढ्नेछन भने नया कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ,आर्थिक कारोबार सन्तोष जनक रहनेछ ।

मिथुन : आज समय राम्रो रहनेछ । रोकिएका ब्यवसायिक कारोबारमा सुधार आउनेछ, प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमूल्य रत्नहरुको संचिति हुने समय रहेको छ ।

कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ।

सिंह : आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ, शत्रुहरु तपाइँदेखि टाढिन थाल्नेछन, धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ, हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनु होला ।

कन्या : आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुका लागि फलदायी समय रहनेछ, खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ चनाखो रहनुहोला ।

तुला : आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ, मध्यान्हपछिको समय भने केहि सुधारित रहनेछ, आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ ।

वृश्चिक : आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।

धनु : आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकर : आज पनि स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भ : आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।

मीन : आज पनि समय खराब छ । आ“फूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । दिनमा ३ बजेपछि समय शुभ हुने देखिन्छ । यात्रा लेनदेन पनि यसै समयमा मात्र गर्नुहोला ।

साइत : सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला

बिहान ०५ः३८ बजेदेखि      ०७ः१५ बजेसम्म    चर बेला
बिहान ०७ः१५ बजेदेखि      ०८ः५२ बजेसम्म    लाभ बेला
बिहान ०८ः५२ बजेदेखि      १०ः२९ बजेसम्म    अमृत बेला
बिहान १०ः२९ बजेदेखि       १२ः०६ बजेसम्म    काल बेला
दिनमा १२ः०६ बजेदेखि       १ः४२ बजेसम्म     शुभ बेला
दिनमा १ः४२ बजेदेखि        ३ः१९ बजेसम्म      रोग बेला
दिनमा ३ः१९ बजेदेखि        ४ः५६ बजेसम्म      उद्धेग बेला
साँझ ४ः४६ बजेदेखि        ६ः३३ बजेसम्म      चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
 



राहुकाल समय :
बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ