arrow

सिंहदरबारमा रेक्ट्रोफिटको काम सम्पन्न हुने चरणमा – मन्त्री गुरुङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
prachanda-sita-singhadarwar.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् ।

बिहीबार दिउँसो उनले निर्माणमा सम्लग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रीडी एनिमेशनको अवलोकन पनि गरेका हुन् । उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिए ।

उनले भूकम्पले क्षति पुर्याएको सिंहदरबारलाई  रेक्ट्रोफिट गरेर पुनः पुरानै अवस्थामा पुनःनिर्माण गर्नु सुखद भएको बताए । ‘काम सन्तोषजक ढंगले अघि बढेको छ, अब बाँकी काम पनि तत्काल सम्पन्न गर्नुहोस्’, उनले भने ।

सो क्रममा शहरी विकास मन्त्री सीता गुरुङले रेक्ट्रोफिटको काम सम्पन्न हुने चरणमा पुगेको बताउँदै इन्टेरियरको काम पनि अघि बढाउने गरी काम भइरहेको बताइन् । 

मन्त्री गुरुङले पुनःनिर्माण भइरहेको पश्चिम खण्डमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष रहने गरी गृहकार्य गरिएको बताइन् । 

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनले सिंहदरबार पश्चिम खण्डको रेक्ट्रोफिटको काम गरिरहेको छ । 

२०७६ सालबाट शुरु भएको रेक्ट्रोफिटको काम हाल ९५ प्रतिशत सम्पन्न भएको छ । करिब ४२ करोड लगानीमा पश्चिम खण्डको रेक्ट्रोफिटको काम भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा पश्चिम खण्डको रेक्ट्रोफिटको काम र बाँकी कामको विषयमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका निर्देशक कोषनाथ अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए । 

आयोजनाले रेक्ट्रोफिटको काम सम्पन्न गरेर इन्टिरियरको ठेक्का पनि तत्काल लगाउने प्रक्रिया अघि बढाएको अधिकारीले  बताए । उनका अनुसार पश्चिमी खण्डमा रहेको पोखरी र पार्क सौन्दर्यकरणको काम पनि अगाडि बढाउन लागिएको जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ