arrow

विद्युत् चोरी गर्ने २१ जनालाई कारबाही

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
hooking.jpeg
बर्दिवास । महोत्तरीमा नेपाल विद्युत् प्राधिकरणको बर्दिवास वितरण केन्द्रले विद्युुत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको छ । 
 
जिल्लाको बर्दिवास नगरपालिका–८ प्रेमनगर र भङ्गाहा–४ रामनगरमा आइतबार प्राधिकरण बर्दिवास वितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विद्युत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको हो । 
 
पक्राउ गरिएका २१ जनालाई जनही रु पाँच हजार २०० जरिवाना र विद्युत् हर्जाना असुल गरी आइन्दा विद्युत् चोरी नगर्ने सर्तमा आइतबारै अबेर राति छाडिएको बर्दिवास वितरण केन्द्रका प्रमुख सञ्जिव शर्माले जानकारी दिए । 
 
जिल्लामा विद्युत् चोरी ९हुकिङ० बढ्दा ट्रान्सफर्मरको क्षमताभन्दा बढी विद्युत् खपत भइ ट्रान्सफर्मर पड्कने र जल्ने समस्या बढेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ