arrow

सुक्दै होटल व्यवसाय

बसपार्कमा होटलवालाको सिण्डिकेट: खोसाखोसले यात्रु तनावमा

होटल व्यवसायी भन्छन्,- बसपार्क ओलर्ने यात्रुहरु अन्य ठाउँमा झर्नाले बन्द गर्ने स्थिति आउन थाल्यो

logo
नारायण वली,
प्रकाशित २०८० भदौ ८ शुक्रबार
butwal-buspark-2080-05-07.jpg

रुपन्देही । बुटवलको इट्टाभट्टी लाइनका अधिकांश होटलहरुमा केही सम यता साँझको खाना नपाकेको धेरै भयो । पाहुनाहरुको पर्खाइमा खाना बनाउनको लागि सबै सामग्री तयारी गरेका होटलका चुलोमा आगो नबल्दा होटल व्यवसायीहरु अत्तालिन थालेका छन् ।

तर  केही होटलहरुमा भने बास बस्नेहरुको संख्या खचाखच छ । यसको कारण बुटवलमा केही होटलवालाको सिण्डिकेट भएकाले अन्य होटलहरुलाई असर परेको दुःखेसो व्यवसायीहरुको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पूर्व कार्यसमिति सदस्य र मनिषा होटलका सञ्चालक कृष्णप्रसाद पाण्डेले बसपार्कमा केही होटलको चरम सिण्डिकेट चलेका कारण अन्य होटलमा असर परेको ठोकुवा गरे ।

अन्यत्र ठाउँबाट बुटवल बसपार्क आएर गन्तव्य जाने यात्रुहरुलाई  जबर्जस्ती गर्ने, धेरै जनाले एक जनालाई घेर्ने गरेकाले पछिल्लो समय सचेत यात्रुहरु आउन छोडेको गुनासो गरे । अभद्र व्यवहारले गर्दा पाहुनाहरु आतंकित भएकाले आन्तरिक पर्यटकमा नराम्रो असर परेको उनले बताए ।

होटल व्यवसायी कविराज अर्यालले सिण्डिकेट र ई-रिक्साहरुले कमिशन आउने होटल र गलत क्रियाकलाप हुने ठाउँमा लैजाने भएकाले बसपार्क क्षेत्रका होटलहरुमा केही अगाडिदेखि खानासमेत पाक्न छाडेको दुखेसो सुनाए । जसले साना तथा मझौला होटलहरु कुनै बिक्री भइसकेको र कोही बिक्रीका लागि तयारीमा रहेको जनाए । 

हाम्रो होटल एण्ड लजका सञ्चालक राधा न्यौपानेले केही होटलको मनपरी चलेको बताइन् । उनले यो समस्या विगतदेखि नै जड गढेको छ । केही ग्राहकहरुले आफूहरुको होटलको नाम लिएर कहाँनेर छ भनेर सोध्दा छैन भनिदिने झुठ बोल्ने गरेको सुनाइन् ।

बसपार्कमा कोही नजाने भनेर आवाज उठाउँदा वादविवादमा उत्रने गरेको बताउँदै लगानी सबैले गरेका छौँ, बसपार्क कोही नजाने हो भने पाहुनाहरु बाँडिएर बस्नु हुन्थ्यो । जसले गर्दा घरबहाल तिर्न र कर्मचारीलाई चलाउनसम्म पुगेपछि होटल चलाउने आधार हुने थियो । 

अर्का होटल व्यसायी होटल ओजनका सञ्चालक लक्ष्मण भण्डारीले दिल्ली जाने बसहरुको मनपरीले गर्दा थप नराम्रोसँग मार खेप्नु परेको जनाउँदै समयसीमा तोकिनु पर्ने बताए । उनले भने, 'ट्राभल्सहरुले नियम विपरीत आफ्नो फाइदाका लागि काम गर्देै आएका छन् ।'

हामी र ट्राभल्सका प्रतिनिधि बसेर दुई पटकसम्म गरेको सम्झौता कार्यान्वयन गर्नुको साटो दादागिरी शैलीमा चलेका कारण नियामक निकायहरु उदार भएकाले उनीहरुको कार्यले थप प्रोत्साहन पाउँदै आएको भण्डारीले उल्लेख गरे । 

चन्द्रसूर्य रामपुर होटलका सञ्चालक तथा वर्तमान पर्यटन उपाध्यक्षसमेत रहेका रोमाकान्त पाण्डेले कोरोना र प्रदेश राजधानी सरेकाले असर परिरहेका बेला होटलहरुको सिण्डिकेटले झन् गम्भीर असर पारेको जनाए ।

उनले पनि ट्राभल्सको ज्यादतीले होटलमा बास बस्ने पाहुनाहरुलाई राति अबेरसम्म भारतको दिल्लीका लागि गाडी छुटाएर लैजाने गरेकाले होटलहरु सुक्दै गएको दुःखेसो पोखे ।

उनी भन्छन्, 'हामीले यस विषयमा बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयलाई समेत जानकारी गराउँदा आगामी असोजसम्म नियम बनाएर व्यवस्थित गरिने आश्वासन पाएको बताउँदै इट्टाभट्टी लाइनमा भारतबाट ल्याएका यात्रुहरुले फोहरसमेत गर्ने गरेको र अस्तव्यस्त गाडी पार्किङले ट्राफिक समस्या निम्त्याउने र कहिलेकाहिँ ट्राफिक प्रहरीलाई बोलाएर जाम हटाउन लगाउनु पर्ने गरेको सुनाए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष समुन्द्र जिसीले भारतको दिल्लीका लागि छुटाउने ट्राभल्सले साँझ ६/७ बजेसम्म छुटाउने भएकाले होटलहरुमा ठूलो असर परेको बताए ।

उनले कोभिड-१९ पछिको आर्थिकमन्दीले थला पारेको बेला केही चल्ने आधार हुने बेलामा ट्राभल्सका कारण थप धरासायी बन्दै गएको तर्क गर्दै आफू अध्यक्ष हुँदा दुई पटकसम्म वडा प्रहरी कार्यालय रामनगर र संघकै कार्यालयमा सहमति भए पनि ट्राभल्सहरुले पालना नगरेर जबर्जस्त गर्दै आएकोमा आपत्ति जनाए ।

यता होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले दिल्ली जाने बस, निश्चित स्थान नहुनुले केही असर पारेको बताए । कोरोनापछि थला परेका पर्यटनसँग सम्बन्धित होटलहरुलाई जोगाउन घरबेटी र जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने औल्याउँदै यस्तै रहे होटलहरु पलायन हुने र जसले गर्दा बजारको अस्तित्व पनि गुम्ने खतरा बढेर गएको जनाए ।

उनले फरक मत राख्दै बसपार्कमा मान्छे बोलाउन जानेले असर परेको नभइ गौतमबुद्ध विमानस्थल सञ्चालन नहुनु, लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी विकास कोषले बाहिर आउन नदिनुलगायत समस्या रहेको जिकिर गरे । 

यस्तो छ सिण्डिकेटको कथा  
बुटवलको नयाँ बसपार्कमा केही होटल व्यवसायीको एकछत्र राज चल्दै आएका कारण अन्य होटलका कर्मचारी गएमा धम्काउने र केही समय पहिले कुटपिट समेत भएको रहस्य फेला परेको छ । जुन कुटपिट हुने होटलको नाम सुरक्षित छ ।

बसपार्कमा यात्रुहरुलाई बोलाउन होटलका जिम्मेवार व्यक्तिसमेत पुग्ने गरेको बुझिएको छ । स्वतन्त्र रुपमा ग्राहकहरुले होटलहरु छानेर बस्न पाउँदैनन्, बसपार्कबाटै ग्राहकहरुलाई तानातान गरेर होटल पुर्‍याइन्छ, त्यसमाथि ई-रिक्साहरुको पनि आफूसँग सम्पर्कमा कमिशन पाउने होटलमा बेलबासका होटलसम्म पुर्‍याउने गरेका छन् । 

असर
विभिन्न ठाउँबाट आफ्नो गन्तव्यमा जानको लागि बुटवल बसपार्कमा झरेका यात्रुहरुलाई १०/१२ जनाले घेर्ने, बार्गेनिङ गर्ने र अनावश्यक रुपमा समय खर्चिने भएकाले पछिल्लो समय यात्रुहरु बसपार्कमा झर्न छोडेको, तानातानसमेत हुने भएकाले धेरै जना आतंकित भएको ।

ट्राभल्सको दादागिरी 
ट्राभल्सका पदाधिकारी र होटल तथा रेष्टुरेन्ट संघका प्रतिनिधिबीच गरिएको सहमतिको ठाडो उल्लंघन ।

बसपार्क पछाडिको कालिका पथमा भारतका लागि यात्रु बोक्ने गाडीहरुको अव्यवस्थित लामो समयको पार्किङले आसपासका व्यवसायमा असर । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ